चिकित्सक आन्दोलन : उपचारमा अझै अटेरी

पत्रपत्रिकाबाट

बुधबार, २७ चैत्र २०७५, ०७ : ०९
चिकित्सक आन्दोलन : उपचारमा अझै अटेरी

काठमाडौं । पाँच दिनदेखि सरकारी चिकित्सकले सेवा ठप्प पार्दा मंगलबार पनि मुलुकभरका हजारौं बिरामीले उपचार पाएनन् । सरकारी अस्पतालमा बहिरंग सेवाको टिकट वितरण नहुँदा शल्यक्रिया गर्नुपर्ने बिरामी बिचल्लीमा परेका छन् ।

संघीय सरकार मातहत राखेर समायोजन गर्नुपर्ने माग राखेर शुक्रबारदेखि मुलुकभरका चिकित्सक आन्दोलित छन् । सरकारी चिकित्सक संघ (गोदान) को आह्वानमा आन्दोलनरत चिकित्सकले आकस्मिकबाहेक सेवा बहिष्कार गरेका छन् । गोदानमा झन्डै १४ सय चिकित्सक आबद्ध छन् ।

मंगलबार पनि बहिरंग विभाग (ओपीडी) को टिकट वितरण गर्न नसकिएको वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले बताए । उनले भने, ‘दैनिक २५/३० जनाको अपरेसन हुन्थ्यो । अहिले ठप्प छ ।’ गाउँबाट आएका बिरामी शल्यक्रिया रोकिँदा अप्ठेरोमा परेका छन् । कैलाली, टीकापुरका मीनबहादुर सुनारले भने, ‘छोराको उपचारका लागि चन्दा मागेर आइयो । अपरेसन गर्ने डाक्टर नै आन्दोलनमा उत्रँदा कहिलेसम्म कुरेर बस्ने ? ’ यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस