भरतपुर अस्पतालले मनायो ५६ औँ वार्षिकोत्सव, महेन्द्र आदर्श चिकित्सालयदेखि केन्द्रीय अस्पतालसम्म

सोमबार, २५ चैत्र २०७५, १७ : ३३
भरतपुर अस्पतालले मनायो ५६ औँ वार्षिकोत्सव, महेन्द्र आदर्श चिकित्सालयदेखि केन्द्रीय अस्पतालसम्म

चितवन । भरतपुर अस्पतालले सोमबार आफ्नो ५६ औँ वार्षिकोत्सव मनाएको छ । विस २०१३ सालमा महेन्द्र आदर्श चिकित्सालय हुँदै सामान्य स्वास्थ्य जाँच सुरु गरेको यस अस्पताल २०१८ सालमा २५ शैयाको भएको थियो । त्यही मिति अनुसार अस्पताले ५६ औँ वार्षिकोत्सव मनाएको हो ।  ६२ वर्षको इतिहास बोकेको यो अस्पतालले बीचमा लामो समममय अस्तव्यस्ताको नियति खेप्नुप¥यो । 
विस २०१४ सालमा चितवनको उत्पादन क्षेत्रमा पहाडबाट वस्ती सार्ने योजना ‘राप्ती भ्याली प्रोजेक्ट’ चलिरहेको थियो । सरकारले यसरी सारिएकाहरुलाई तराईमा हुने मलेरियालगायत महामारी समस्याले नसताओस् र आदिवासीलाई हुने रोगको समाधान होस् भन्ने छाप्रो अस्पताल भरतपुर अस्पताल खोलेको थियो ।
केन्द्रीय अस्पताल सरहकै सेवा दिएपनि लामो समयदेखि जिल्ला अस्पतालको हैसियतमा रहेको भरतपुर अस्पताल भरतपुर महानगरपालिकाको पहलमा केन्द्रीय स्तरको अस्पतालमा स्तरोन्नती भएको थियो ।
मन्त्रीपरिषदको फागुन ३ गतेको निर्णय अनुसार अस्पताललाई सरकारको मातहातमा रहने गरी विशिष्ट विशेषज्ञ (टर्सरी) अस्पतालका रुपमा स्तरोन्नती गरिएको थियो ।
केन्द्रीय अस्पताल भएपछि अस्पतालले पहिलो पटक आफ्नो वार्षिकोत्सव मनाएको छ । केन्द्रीय अस्पतालको रुपमा घोषणा भएर अहिले कार्यन्वनको चरणमा छ । केन्द्रीय अस्पताल भएसँगै अस्पताललाई थप चुनौती थपिएको छ । अस्पतालको अहिले मुख्य समस्याको साँघुरो ठाउँबाट सेवा प्रवाह गर्नु हो । नर्सिङ कलेज, पोषण कार्यक्रम, ल्याब र अस्पताल प्रशासन कार्यालयको लागि जग्गा अभाव छ । अस्पताललाई सानो क्षेत्रफलमा व्यवस्थित गर्न कठिन भईरहेको छ । जग्गा खाली नभएपछि अस्पतालको विकासमै बे्रक लागेको छ ।
३१ बिगाहमध्ये स्कूल अफ हेल्थ साइन्स (सीटीईभीटी) ले करिब ७ बिघा, भरतपुर आँखा अस्पतालले ३ बिगाहा १७ कट्टठा १० धुर, रक्तसञ्चार सेवा केन्द्रले करिब २ कठ्ठा, जिल्ला जनस्वास्थ्य कार्यालयले १० कठ्ठा १० धुर जग्गा भाडा नतिर्ने शर्तमा उपभोग गर्दै आइरहेका छन् । कलेज अफ मेडिकल साईन्सस भरतपुरले भने ९ बिगाह जग्गा भाडामा उपभोग गरेको छ । अस्पताल संघिय सरकार मातहत गएपनि यहाँको समस्या जहाँको त्यही छ । हाल सरकारी तर्फबाट ३ सय र अस्पताल विकास समितिको तर्फबाबट ३ सय शैयाकोमा चलिरहेको छ । यहाँ दैनिक १ हजार देखि १५ सय विरामी उपचारा लागि आउने गर्छन् । आसपासका ८ जिल्लासहित देशका ३५ जिल्लाक नगारिकलाई स्वास्थ्य सेवा पु¥याउँदै आएको छ । 
अस्पतालले विरामीको चापअनुसार सेवा प्रदान गर्न सकेको छैन । अस्पतालको गुरु योजनाअनुसार ए,बी हुँदै अहिले सी ब्लक निर्माण हुँदैछ । यो ब्लक निर्माण भएसँगै अस्पतालको अस्तव्यस्तता केही मात्रमा घटेर जाने विश्वास लिइएको छ । ६२ वर्षको लामो इतिहास बेकेको यस अस्पताल अहिले तन्नेरी भएको छ । नेपाल सरकारको एक प्रदेश एक मेडिकल कलेजको नीति अनुसार यस अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गर्न यहाँ जनप्रतिनिधिहरु लगिरहेका छन् । अबको केही महिनापछि अस्पतालमा नेपाल सरकारबाट प्राप्त ५ सय शैया र विकास समितिबाट ३ सय शैया गरी  ८ सय शैयाको सुविधा दिन लागेको छ । 

प्रतिक्रिया दिनुहोस