पत्रकार महासंघ चितवनका ४ पुर्वअध्यक्ष सम्मानीत

शनिबार, १६ चैत्र २०७५, १९ : ३०
पत्रकार महासंघ चितवनका ४ पुर्वअध्यक्ष सम्मानीत

चितवन । नेपाल पत्रकार महासंघ चितवनले शाखाका पुर्वअध्यक्षहरुलाई सम्मान गरेको छ । पत्रकार महासंघको ६४ औँ स्थापन दिवसको अवसरमा शनिवार ४ जना पुर्वअध्यक्षहरुलाई सम्मान गरेको हो । भरतपुरस्थित महासंघको भवनमा एक कार्यक्रम गरी पुर्वअध्यक्षहरु जनक अ¥याल, महेन्द्र श्रेष्ठ, कृष्ण गिरी र हरी पोख्रेललाई सम्मान–पत्र र दोसल्ला ओढाई सम्मान गरेको छ । उनिहरुलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्ण डल्लाकोटी र महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडाले संयुक्त रुपमा सम्मान गरेका थिए । 
जिल्लामा क्रियाशिल पत्रकारहरुको उपस्थितिमा सम्मान साथै महासंघको संस्थागत विकासका सवाल विषयक अन्तक्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रम गरी स्थापन दिवस मनाएको छ । कार्यक्रममा वक्ताहरुले महासंघ र पत्रकारले मुलुकमा भएको परिवर्तनका लागी खेलेका भुभिकाको चर्चा गरेका थिए । 
जिससका प्रमुख डल्लाकोटीले राष्ट्रको चौथो अंगका रुपमा स्थापित पत्रकारले प्रजातन्त्र स्थापनादेखि ०६२, ६३ सालको जनआन्दोल लगायतका ठुलाठुला परिवर्तनताका महत्वपुर्ण भुमिका निर्वाह गरेको बताए । उनले विगतमा राजनीतिक परिवर्तनका लागि चलाएको कलम अब मुलुकको समृद्धिका लागि चलाउनुपर्नेमा जोड दिए । 
यस्तै सम्मानीत पुर्वअध्यक्षहरुले विगतमा स्वतन्त्रता र हक अधिकारका लागि चलेको कलम अब समृद्धिका लागि, गरिव, विपन्न, पछाडि परेका समुदायका लागि चलाउनुपर्ने बताएका छन् । उनीहरुले पत्रकार महासंघ र पत्रकार सामु धेरै चुनौतिहरु रहे पनि गर्व गर्ने अवस्था रहेको उल्लेख गरे । 
 

प्रतिक्रिया दिनुहोस