डि.एच.एस.एस. शुरक्षा प्रा.लि. चितवनको कार्यालय उद्घाटन

शनिबार, १६ चैत्र २०७५, १९ : २४
डि.एच.एस.एस. शुरक्षा प्रा.लि. चितवनको कार्यालय उद्घाटन

चितवन । शिक्षा, स्वास्थ्य र औद्योगिक क्षेत्रको शुरक्षाको लागि प्रविधिको प्रयोग गर्ने हेतुले स्थापना भएको डि.एच.एस.एस. शुरक्षा प्रा.लि. चितवनको कार्यालयको उद्घाटन भएको छ ।
सो संस्थाको प्रदेश नं. ३ का सांसद विजय सुवेदीले एक कार्यक्रमकाबीच शनिबार उद्घाटन गर्नु भएको थियो हो । सो अवशरमा सांसद सुवेदीले शैक्षिक, औद्योेगिक, स्वास्थ्य र सामाजिक क्षेत्रको शुरक्षाको लागि स्थापना गरिएको संस्थालाई अगाडि बढाउन राज्यले सहयोग गनुपर्ने बताउनु भयो ।

यो अभियानले शुरक्षाकर्मीलाई सहयोग पुग्ने बताउँदै उनले संस्थाले सामाजिक शुरक्षामा सेवामुखी भएर मेवामुखी बन्नु पर्नेमा जोड दिनुभयो । सांसद सुवेदीले समृद्ध नेपाल, सुखी नेपाली, देश विकासको आधार प्रविधिमुक्त्त ज्ञान, सिप र शुरक्षाको पूर्वाधारलाई व्यवहारमा लागु गर्न पनि संस्था अग्रसर हुने कुरामा जोड दिनुभयो ।
 

प्रतिक्रिया दिनुहोस