‘छक्का पन्जा २’ बाट उठेको पैसा रवि लामिछानेको अस्पताललाई

शुक्रबार, ०८ चैत्र २०७५, १२ : ३४
‘छक्का पन्जा २’ बाट उठेको पैसा रवि लामिछानेको अस्पताललाई

काठमाडौँ । वैशाख १३ गते पुनः प्रर्दशन हुने चलचित्र ‘छक्का पन्जा २’ उठेको रकम निर्माणधिन कालिकोटको रास्कोट अस्पताललाई सहयोग गरिने भएको छ । पत्रकार रवि लामिछानेले निर्माण गर्दै गरेको सो अस्पताललाई दिने चलचित्रका निर्माता दिपकराज गिरीले सामाजि सञ्जालमार्फत घोषणा गरेका हुन् ।

दिपकको यो खबरलाई धेरै दर्शकले भने युटुबमा अपलोड नगरी पुनः प्रदर्शन गरेर पैसा कमाउने दाऊ गरेको जस्ता आरोज लगाए । दर्शकबाट नकारात्मक आलोचना आउन थालेपछि दिपकले यो फिल्मबाट उठ्ने पैसा सामाजिक कार्यमा लगाउने घोषणा गरे । उनले फेसबुकमा स्टाटस लेखेका छन् ‘वैशाख १३ गतेबाट छक्का पन्जा २ पुनः प्रदर्शन हुँदैछ । यसबाट उठेको रकमको ठूलो हिस्सा रवि लामिछानेले निर्माण गर्दै गरेको अस्पताललाई जानेछ । फिल्ममा नयाँ दृश्यहरू पनि हेर्न पाउनु हुनेछ ।’

साथै फिल्म निर्देशक निर्मात्री तथा कलाकार दिपा श्री निरौलाले पनि सो बिषयको जानकारी सामाजिक संजाल फेसबुकमा पोस्ट गर्दै दिएकी छन् । उक्त मितिमा हलिउड बहुप्रतिक्षित फिल्म ‘एवेन्जर्सः इण्ड गेम’ आउने भएपछि ‘दालभात तरकारी’को प्रर्दशन मिति सारियो ।

‘छक्का पन्जा २’ले केहि हलहरुमा ५१ औं दिन मनाएको थियो । फिल्ममा दिपकसँगै प्रियंका कार्की, वर्षा राउत, स्वस्तिमा खड्का, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, दिपाश्री निरौला लगायत कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस