दिल्लीको सडकमा सारा-कार्तिकको प्रेम

विहीबार, ०७ चैत्र २०७५, २० : २८
दिल्लीको सडकमा सारा-कार्तिकको प्रेम

अहिले सामाजिक सञ्जालमा सारा अली खान र कार्तिक आर्यन चर्चामा छन् । उनीहरू दिल्लीको गल्लीमा खुलेआम प्रेम गरिरहेको देखिएपछि चर्चामा आएका हुन् । उनीहरूको प्रेमले अहिले बलिउड तातेको छ । 

यहीबीच उनीहरूको एक भिडियो भाइरल पनि भइरहेको छ । भिडियोमा सारा कार्तिकको बाइकपछाडि बसेर हुइँकिरहेकी छिन् । साथै, सारा ट्रोलको सिकार पनि बनेकी छिन् ।

कार्तिक र सारा आफ्नो आउन लागेको फिल्म ‘लभ आजकल २’ को सुटिङ गरिरहेका छन् । फिल्मको सुटिङ दिल्ली–गुरुग्राममा भइरहेको छ । सुटिङपछि उनीहरू बाइकमा यात्रा गरेका हुन् । सो भिडियोको ट्रोल पनि बनिसकेको छ । 

बाइक चलाइरहेका कार्तिकले हेलमेट लगाएका छन् । साराले भने हेलमेट लगाएकी छैनन् । त्यही कारण उनीहरू ट्रोल बनेका हुन् । सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रश्न गरेका छन्, ‘बाइकमा बसेकी साराको हेलमेट कहाँ छ ?’ 

प्रतिक्रिया दिनुहोस