चलचित्र विकास वोर्ड अध्यक्षमा केशव भट्टराई नियुक्त

विहीबार, ०७ चैत्र २०७५, १८ : २२
चलचित्र विकास वोर्ड अध्यक्षमा केशव भट्टराई नियुक्त

काठमाडौँ । चलचित्र विकास वोर्डमा केशव भट्टराई अध्यक्ष पदमा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्री परिषदको बैठकले भट्टराईलाई बोर्ड अध्यक्षमा नियुत्त गर्ने निर्णय गरेको हो । पहिलो महिला अध्यक्ष निकिता पौडेलले राजीनामा दिएपछि वोर्डको अध्यक्ष पद रिक्त थियो । सोही रित्त पदमा प्रधानमन्त्री केपी ओली सरकारले भट्टराईलाई नियुत्त गरेको हो । उनी चलचित्र निर्माता संघमा वरिष्ठ उपाध्यक्ष पदमा थिए । भट्टराईसँगै वोर्ड अध्यक्ष पदका लागि सुचित्रा श्रेष्ठ, नरेश कुमार केसी, योगेश घिमिरे लगायतले दर्खास्त दिएका थिए । नयाँ वोर्ड अध्यक्ष भट्टराईलाई बधाई तथा सफल कार्यकालको शुभकामना !

प्रतिक्रिया दिनुहोस