‘क्याप्टेन’ हेर्न प्रधानमन्त्री ओली हलमा

विहीबार, ०७ चैत्र २०७५, १२ : ३९
‘क्याप्टेन’ हेर्न प्रधानमन्त्री ओली  हलमा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेकपाका प्रभावशाली नेता तथा मन्त्रीहरुको टोली लिएर चलचित्र ‘क्याप्टेन’ हेर्न बुधबार सिटी सेन्टरमा रहेको बिग मुभिज पुगेका छन् ।

प्रधानमन्त्री ओली बुबा मोहनप्रसाद, पत्नी राधिका शाक्य, नेकपा महासचिव विष्णु पौडेल, मुख्यमन्त्री शंकर पोखरेल, मन्त्रीद्धय रघुवीर महासेठ, भानुभक्त ढकाल, प्रधानमन्त्रीका विदेश मामिलाका सल्लाहकार डा. राजन भट्टराई, सांसद जुलीकुमार महतोलगायत नेताका साथमा सिटी सेन्टर पुगेका थिए ।

दिवाकर भट्टराई निर्देशन गरेको फिल्ममा अनमोल केसीको मुख्या भूमिका रहेको छ । फिल्ममा फुटबलको विषय समेटेको छ ।

हाल दोस्रो सातामा प्रदर्शनरत क्याप्टेनमा अनमोलसहित उपासना सिंह ठकुरी, प्रशान्त ताम्राकार, सुनील थापालगायतका कलाकारले अभिनय गरेका छन् । फिल्म भुवन केसीले निर्माण गरेका हुन् । फिल्ममा राष्ट्रिय खेलाडीले भोग्नु परेका समस्यालाई देखाइएको छ ।

प्रतिक्रिया दिनुहोस