शिल्पालाई भाङ लागेपछि

विहीबार, ०७ चैत्र २०७५, १२ : ०२
शिल्पालाई भाङ लागेपछि

अभिनेत्री शिल्पा सेट्टी लामो समयदेखि ठूलो पर्दाबाट टाढा छिन् । तर, उनी टेलिभिजनको संसारमा भने क्रियाशील छिन् । अचेल शिल्पाले रियालिटी सो सुपर डान्सर च्याप्टर ३ मा जजको भूमिका निभाइरहेकी छिन् ।
रियालिटी सोमा शिल्पाका साथमा गीता कपुर र अनुराग बसु पनि निर्णायक छन् । शिल्पाको रियालिटी सोको सुटिङका क्रममा खिचिएका भिडियो र तस्बिर सार्वजनिक भइरहन्छन् । 

अहिले होलीको समय । शिल्पाले होलीको अवसरमा हरेक वर्ष घरमा पार्टी आयोजना गर्ने गरेकी छिन् । उनले आफन्त तथा फिल्मकर्मीबीच जमेर होली मनाउने गर्छिन् । गत वर्ष शिल्पाको होलीको एउटा भिडियो सार्वजनिक भएको थियो । सो भिडिया उनका पति राज कुन्द्राले सेयर गरेका हुन् । भिडियोमा शिल्पा भाङको नशामा साथी रोहिणी अयरको साथमा नागिन डान्स गरिरहेकी देखिन्थिन् । कुन्द्राले भिडियो सेयर गर्दै लेखेका थिए, ‘दुई डल्ला भाङको यस्तो असर छ ।’ शिल्पाले कुन्द्रासँग सन् २००९ मा विवाह गरेकी थिइन् । उनीहरूको एक छोरा छन् ।
 - नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस