क्याट्रिनाका कारण विक्कीको ब्रेकअप

बुधबार, ०६ चैत्र २०७५, १९ : ३८
क्याट्रिनाका कारण विक्कीको ब्रेकअप

पछिल्लो समय लगातार हिट फिल्म दिइरहेका अभिनेता विक्की कौशल अहिले चर्चामा छन् । उनको पछिल्लो फिल्म ‘उरी : द सर्जिकल स्ट्राइक’ ले बक्स अफिसमा दुई सय करोडभन्दा बढी कमाइ गर्‍यो । फिल्म सफल भएपछि विक्कीको निजी जीवनप्रति फ्यान मात्र होइन मिडियाले पनि निकै चासो राख्न थालेका छन् । 

केही समयअघि एक कार्यक्रममा बोल्ने क्रममा विक्कीले आफू अभिनेत्री हरलिन सेठीसँग प्रेमसम्बन्धमा रहेको बताएका थिए । तर, अहिले भने उनीहरूबीच ब्रेकअपको खबर बाहिर आएको छ । यस कुराको समाचार त्यो वेला आयो, जब हरलिनले विक्कीलाई इन्स्टाग्राममा अनफलो गरिन् । साथै, हरलिनले ब्रेकअपसँग रिलेटेड केही फोटोलाई लाइक पनि गरेकी छिन् । मिडिया रिपोर्टका अनुसार विक्की र हरलिनको ब्रेकअपको कारण क्याट्रिना कैफ रहेको दाबी गरिएको छ । 

टाइम्स नाउ म्यागजिनका अनुसार हरलिनलाई लागिरहेको थियो कि विक्कीले क्याट्रिनाका कारण उनलाई धोका दिइरहेका छन् । यही कारण पनि उनले ब्रेकअपको निर्णय गरिन् । तर, अहिलेसम्म यो कुराको आधिकारिक पुष्टि भने भइसकेको छैन । नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस