युटुबमा अत्याधिक मन पराईयो विष्णु माझीको स्वरमा रहेको गीत ‘लालुमै’

बुधबार, ०६ चैत्र २०७५, १८ : ४०
युटुबमा अत्याधिक मन पराईयो विष्णु माझीको स्वरमा रहेको गीत ‘लालुमै’

काठमाडौँ । केही समयअघि सार्वजनिक गरिएको ‘लालुमै’ बोलको गीतले अत्याधिक दर्शकहरुको साथ पाउन सफल भएको छ । बिष्णु माझी र सन्दीप न्यौपानेको स्वरमा रहेको गीतमा शिव हमालको शब्द तथा संगीत सुन्न सकिन्छ ।  यस गीतको संगित समायोजन आशिष अविरलले गरेका हुन् ।  युटुबमा हालसम्म ६६ लाख दर्शकहरु पाइसकेको भने यो गीत टिकटकमा समेत उतिकै लोकप्रिय बन्दै गैरहेको छ । गीतलाई  टिकटकमा पच्चीस हजार भन्दा बढी धेरै हेरेका छन् ।

सानो बजारमा छोटो समयमै गीतले यति धेरै दर्शक पाउदा गीतको निर्माण पक्ष आफुलाई हौसला मिलेको बताउँछन् । लोक शैलीको म्युजिक भिडीयोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् । भिडीयोमा गायक न्यौपाने र मोडल सृष्टि  खड्का फिचार्ड छन् । भिडियोमामा राजेश घिमिरेको छायाँकन, पुष्पा

बर्माको ड्रेस, सृष्टि थापा मगर र रोशन भुसालको मेकअप र विष्णु शर्माको सम्पादन रहेको छ । 

प्रतिक्रिया दिनुहोस