अश्लिल युट्युब कार्यक्रम सञ्चालकसहित परी तामाङ पक्राउ

बुधबार, ०६ चैत्र २०७५, ११ : ४३
अश्लिल युट्युब कार्यक्रम सञ्चालकसहित परी तामाङ पक्राउ

काठमाडौँ । प्रहरी परिसर काठमाडौंले अश्लि कार्यक्रम उत्पादन र प्रसारण गर्ने ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले ‘मस्ती टक टाईम’ नामक अश्लिल प्रश्नोत्तरसहितको कार्यक्रम उत्पादन गर्ने राजकुमार कुँवर, कार्यक्रम सञ्चालिका लक्ष्मी मोक्तान र आफूलाई मोडल बताउँदै अन्तर्वार्ता दिने हेटौँडाकी परी तामाङलाई कलंकीबाट पक्राउ गरेको हो ।
प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीका अनुसार पक्राउ परेकाहरुलाई साईबर अपराध अन्तर्गत मुद्दाचलाउने तयारी भइरहेको बताए । उनले भने, ‘अश्लिल संवादमार्फत समाजमा अश्लिलता फैलाएकै कारण उनीहरु पक्राउ परेका हुन् ।’
फुलचोकी मिडिया हाउस प्रालिको नाममा उत्पादित उक्त कार्यक्रममा मोडल र मनोरञ्जन क्षेत्रमा कार्यरत महिलाहरुको अन्तर्वार्ता गरिन्छ । जसमा कार्यक्रम प्रस्तोताले अश्लिल प्रश्नहरु त सोध्छन् नै, निजी जीवनसँग सम्बन्धित यौनजन्य जिज्ञासा पनि सोध्छन् ।

प्रतिक्रिया दिनुहोस