रणवीरको गिफ्टले दीपिका मख्ख !

एजेन्सी

सोमबार, ०४ चैत्र २०७५, १४ : ५७
रणवीरको गिफ्टले दीपिका मख्ख !

बलिउड कलाकारहरुको जोडीमा सबैभन्दा खुल्ने जोडीका रुपमा लिइन्छ रणवीर सिंह र दीपिका पादुकोणको जोडी । हुन पनि यी दुई बारम्बार आफ्नो सम्बन्धको विषयमा सामाजिक सन्जालमा लेखिरहेका हुन्छन् । कयौँ पटक त एकले अर्कालाई दिएका उपहार पनि सेयर गरिरहेका हुन्छन् । पछिल्लो पटक त्यस्तै भएको छ जसले सामाजिक सन्जालमा दीपिका र रणवीरलाई भाइरल बनाइरहेको छ । कुरा हो, दीपिकाले रणवीरले दिएको गिफ्ट आफ्नो इन्स्टाग्राम एकाउन्टमा सेयर गरेकी छिन् र लेखेकी छिन्– मेरो पति मलाई राम्रोसँग जान्छन् । 

अर्कोतिर, लन्डनको मेडम टुसाडमा दीपिका पादुकोणको पनि मैन मूर्ति राखिएको छ । यो लगाउँदा दीपिकासँगै रणवीर पनि थिए । रणवीरले पनि त्यहाँको तस्वीर लिएर आफ्नो इन्स्टाग्राम एकाउन्टमा लेखेका छन्– ‘डिपी २.० । तर, ओरिजिनल त मसँगै छ ।’

प्रतिक्रिया दिनुहोस