विष्णु माझीको ‘स्वर्ग’

सोमबार, ०४ चैत्र २०७५, १४ : १९
विष्णु माझीको ‘स्वर्ग’

फाईल फोटो

काठमाडौं । लोकप्रिय गायिका विष्णु माझीको स्वरमा रहेको गीत ‘स्वर्ग’ सार्वजनिक गरिएको छ । विदेशिन बाध्य नेपाली महिलाको कथा समेटिएको गीत माझीसँगै समीक्षा खनालको स्वर रहेको छ ।
गीतमा शब्द तथा लय शंकलन सरद खनालको छ । भिडियोमा आशा खड्का, बाबुराम न्यौपाने, आर्यन खड्का, समीक्षा र शसिन अधिकारी फिचर्ड छन् । वीरेन्द्र भट्टले खिचेको भिडियो सम्पादन अनिल रानाले गरेका छन् । भिडियो निर्देशन प्रकाश क्षेत्रीले गरेका छन् ।

भिडियो हेर्नुहोस्:-

 

प्रतिक्रिया दिनुहोस