माधव नेपाल भन्छन्, विप्लवलाई प्रतिबन्ध लगाउने सरकारी निर्णयको जिम्मा पार्टीले लिँदैन

सफल खबर संवाददाता

बुधबार, २९ फागुन २०७५, १६ : २३
माधव नेपाल भन्छन्, विप्लवलाई प्रतिबन्ध लगाउने सरकारी निर्णयको जिम्मा पार्टीले लिँदैन

काठमाडौं  । नेपाल कम्युनिस्ट पार्टी नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाउन सरकारले गरेको निर्णय पार्टीले जिम्मा नलिने बताएका छन् ।

पत्रकारसँगको कुराकानीमा नेता नेपालले यो निर्णय पार्टीमा छलफल नै नभई भएकाले यसको जिम्मेवारी लिन नसकिने बताए । उनले भने, ‘विप्लव समूहलाई प्रतिबन्ध लगाउने निर्णय सरकारको हो । यो विषयमा पार्टीमा कुनै छलफल नै भएको छैन् । सरकारले गरेको यो निर्णयप्रति पार्टी जिम्मेवार छैन्। यसबाट सिर्जित परिस्थिति प्रति पार्टी जवाफदेही हुनेछैन।’

सरकारले कुनै पनि निर्णय हतारोमा गर्न नहुने भन्दै नेता नेपालले सबै समस्याको समाधानका लागि छलफल आवश्यक रहेको बताए ।

उनले देशमा शान्ति सुरक्षाको व्यवस्था गर्ने काम सरकारको रहेको भन्दै शान्ति र अमनचयन कायम गर्न सरकार प्रतिबद्ध हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस