अज्ञात स्थलमा प्रतिवन्धको जवाफ दिन  नेकपा स्थायी समितीको बैठक बस्दै

सफल खबर संवाददाता

बुधबार, २९ फागुन २०७५, १३ : ५८
अज्ञात स्थलमा प्रतिवन्धको जवाफ दिन  नेकपा स्थायी समितीको बैठक बस्दै

काठमाडौं । नेपाल सरकार मन्त्रीपरिषद्ले राजनैतिक प्रतिबन्ध लगाएको नेकपा विप्लव समुहको स्थायी समीतिको बैठक बसिरहेको छ । सरकारले लगाएको प्रतिबन्धको सामना कसरी गर्ने र आगामी रणनिती कस्तो हुने भन्ने सम्बन्धमा समितीमा छलफल भइरहेको पार्टीका एकजना स्थायी समिती  सदस्यले जानकारी दिएका छन् ।  उपत्याका बाहिर कुनै अज्ञात स्थलमा बसीरहेको बैठकमा पार्टी महासचिव नेत्र विक्रम चन्दले पार्टीको आगामी रणनिति बारे बोलीरहेको ति नेताले जानकारी दिएका छन् । उनका अनुसार बैठक समापन भएसँगै पार्टीको आधीकारीक धारणा प्रेषविज्ञप्ती मार्फत सार्वजनिक गरीने छ । बैठकमा अधिकांश सदस्यहरुले सरकारको निर्णयको कडा प्रतिवाद गर्नु पर्ने राय राखेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस