मध्यरातमा वडा कार्यालयमा बम बिस्फोट, महानगर प्रमुखले गरिन् घटनाको निन्दा

सफल खबर संवाददाता

बुधबार, २९ फागुन २०७५, ०७ : २४
मध्यरातमा वडा कार्यालयमा बम बिस्फोट, महानगर प्रमुखले गरिन् घटनाको निन्दा

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर पाँचको कार्यालय भवनमा मध्यराति अज्ञात समूहले बम बिस्फोट गराएका छन् । महानगर प्रमुख रेनु दाहालले घटनाको निन्दा गर्नु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अज्ञात समूहले मध्यरातमा साढे १२ बजेतिर शक्तिशाली सिलिण्डर बम बिस्फोट गराएको पाइएको छ । बम बिस्फोटबाट कार्यालय भवन क्षतिग्रस्त बनेको छ । बिस्फोटपछि भवनमा आगो लागेको स्थानीयवासीले बताए । बिस्फोट र आगलागीको खबर पाएपछि महानगरको दमकल र सुरक्षाकर्मीले आगो निभाएका थिए । बिस्फोट कसले गराएको हो भन्ने अहिलेसम्म खुल्न सकेको छैन ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जुनसुकै समूहले वडा कार्यालयमा बम बिस्फोट गराएको भएपनि यो घटना निन्दनीय रहेको बताउनु भयो । जनतालाई सेवा प्रवाह गर्ने ठाउँ वडा कार्यालयमा बम बिस्फोट गराइनु निन्दनीय घटना हो, उहाँले भन्नुभयो । घटनाबाट के कति क्षति पुगेको छ भन्नेबारे जानकारी लिने काम भइरहेको उहाँले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस