जनता बैंक नेपालको धनगढीमा नयाँ एटिएम

सोमबार, २७ फागुन २०७५, १८ : ०३
जनता बैंक नेपालको धनगढीमा नयाँ एटिएम

धनगढी । जनता बैंक नेपाल लिमिटेडले धनगढी उप–महानगरपालिका वडा नम्बर ५ असनपुर डिमोटी चोकस्थित निसर्ग अस्पताल परिसरमा एटिएम सेवा सुरु गरेको छ । यो बैंकको ९४ औं एटिएम हो ।
आज सोमबार धनगढीउप–महानगरपालिका उपप्रमुख सुशिला मिश्र भट्ट र बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले संयुक्त रुपमा एटिएम सेवाको उद्घाटन गर्नुभएकोे हो । 
यस क्षेत्रका ग्राहकहरुलाई नगद कारोवारमा यस एटिएम सेवाले सहजता प्रदान गर्नेछ भन्ने विश्वास लिइएको छ । योसँगै बंैकको पूर्व मेची देखि पश्चिम महाकाली सम्म ७ ओटै प्रदेशको तराई, पहाडी र हिमाली जिल्ला समेटीने गरी १२८ शाखा, ५० शाखा रहित बैकिङ्ग केन्द्र, ९४ एटीएम, १ सिमित्त बैंकिङ इकाई र ३ एक्स्टेनसन काउन्टर सञ्चालनमा रहेका छन् । बैंकको आगामी दिनमा आफ्नो शाखा संजाल विस्तार गर्दै देश भरी अझ सशक्त उपस्थिति जनाउने योजना रहेको बैंकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस