एनआई सी एशिया बैंकको नयाँ शाखा सप्तरीको राजविराजमा

आइतबार, २६ फागुन २०७५, १८ : १७
एनआई सी एशिया बैंकको नयाँ शाखा सप्तरीको राजविराजमा

सप्तरी । एनआई सी एशिया बैंक लिमिटेडको राजविराजन नगरपालिका वडा नम्बर ८, सप्तरी स्थित राजविराज शाखाको राजविराज नगरपालिका प्रमुख शम्भु प्रसाद यादवले आज उद्घाटन गर्नु भएको छ । उक्त शाखाको उद्घाटन समारोहमा नगर प्रमुख यादवले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्ना उपस्थिति सबल बनाउँदै गएकोप्रति  एनआई सी एशिया बैंक बैंकको प्रशंसा गर्नुभयो ।

एनआई सी एशिया मुलुकभर २७७ शाखा कार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबै भन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू. २१५ अर्बभन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६८ अर्ब तथा कर्जा रू. १४९ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरुमध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख ५०हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
 

प्रतिक्रिया दिनुहोस