रंगशाला निर्माणका लागि काँग्रेस प्रवक्ता शर्माको सहयोग

सफल खबर संवाददाता

विहीबार, २३ फागुन २०७५, ०८ : ३१
रंगशाला निर्माणका लागि काँग्रेस प्रवक्ता शर्माको सहयोग

काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणका लागि आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । कविता शर्मासँग विवाह भएको १६ औं वर्षको अवसर पारेर उनले धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)लाई सहयोग हस्तान्तरण गरेका हुन् । 

विवाह भएको १६ औँ वर्षगाँठमा उनले क्रिकेट रंगशाला निर्माण गर्न १६ हजार रुपैँया नै सहयोग गरेका छन् । सहयोग हस्तान्तरण गर्दै उनले यस्तै अवसरमा हुने खर्चको जोहो गरेर सबैले सानो सानो सहयोग गरे नेपालमा छिट्टै अन्र्तराष्ट्रियस्तरको रंगशाला निर्माण हुने विश्वास व्यक्त गरे । प्रत्येक नागरिकले देश बनाउने कर्तव्य मेरो हो भन्ने अनुभुत गरेमा देशको विकास हुन समय नलाग्ने भन्दै उनले रंगशाला निर्माणका लागि सकेको सहयोग गर्न सबैमा आव्हान पनि गरेका छन् ।

यो पनि पढौं

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला सम्बन्धी गीत सार्वजनिक

रंगशाला निर्माण भएपछि हात फिजार्न आउने छैनौैँ, अन्तिम पटक सहयोग गर्नुहोस्

‘न कमिसन चल्छ, न फाइल रोकिन्छ, दुई वर्षमा रंगशाला सकिन्छ’

कामदारसँगै रंगशालाको कम्पाउण्डिङमा लागे धुर्मुस

प्रतिक्रिया दिनुहोस