कामदारसँगै रंगशालाको कम्पाउण्डिङमा लागे धुर्मुस

सफल खबर संवाददाता

सोमबार, २० फागुन २०७५, १७ : ०२
कामदारसँगै रंगशालाको कम्पाउण्डिङमा लागे धुर्मुस

चितवन । ‘गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला’ को कम्पाउण्डिङमा कामदारसँगै धुर्मुस पनि लागेका छन् । भरतपुर महानगरपालिका १५ रामपुरमा बन्न लागेको रंगशालाको जग्गालाई जस्ताले कम्पाउण्डिङ गर्न उनी फलामको पोलको जग निर्माण गर्न ‘तगडी’ मा सिमेन्टको मसला बोक्दै कामादारलाई सहयोग गरेका छन् ।
अहिले निमार्णस्थलको लागि छुट्टाइएको जग्गालाई घेर्न लागिएको छ ।
फाउण्डेशनका अध्यक्ष रहनु भएका कलाकार सिताराम कट्टेल अर्थात् धुर्मुसं रंगशाला निर्माणको उर्जा प्रवाह गर्न कामदारसँगै निर्माण कार्यमा होमिएको बताउनुभयो । उहाँ आफैले सिमेन्ट मुछेको मसला बोकेपछि काममा खटीएकाहरु उत्साहीत भएका थिए । यस्तै रंगशाला निमार्णमा खटिने कामदारका लागि आवास र सामान राख्न गोदाम बनाउन लागिएको छ । रंगशालाको साइट अफिस पनि स्थापना गरिएको छ ।


‘सबैले हौसला दिनुभएको छ, रकम संकलन जारी छ, कट्टेलले भन्नुभयो ‘अहिलेसम्म रु पाँच करोड ५० लाख सङ्कलन भयो ।’
उहाँले उठेका सबै सहयोग रकमको हिसावकिताव पारदर्शी ढंगले सधैभरी प्रस्तुत गर्ने प्रतिवद्धता समेत ब्यक्त गर्नुभयो । ‘सबैले जे जती सकिन्छ आ आफ्नो ठाँउबाट सहयोग गरौं, डिपीआरको काम ६ महिनामै सकिन्छ, दुई बर्षमा रंगशाला बन्नेछ ’ कट्टेलले भन्नुभयो ।
३५ विधाका खेलका लागि एकेडेमी सञ्चालन गर्ने उद्देश्यले रंगशाला निमार्ण गर्न लागिएको उहाँले जानकारी दिनुभयो । यो रंगशाला क्रिकेटको मात्र नभई सबै खाल्का खेलहरु खेल्न सकिने र खेलाडीहरु उत्पादन गर्न सकिने खेलकुद हबका रुपमा विकास गर्न खोजीएको उहाँले प्रष्ट पार्नुभयो । रङ्गशाला निर्माण सहयोगार्थ मलेशियामा कार्यक्रम सम्पन्न गरिसकेको बताउँदै उहाँले आगामी दिनमा जापान, अष्ट्रेलिया र दुबईमा कार्यक्रम तय भइसकेको बताउनुभयो ।
धुर्मुस– सुन्तली फाउण्डेशनले एक महीना अघि भरतपुर महानगरपालिकासँग क्रिकेट रङ्गशला निर्माणका लागि जग्गा सम्झौता गरेको थियो । तोकीएको समयभित्र रंगशाला बन्नेमा ढुक्क रहन कट्टेलले सबैसँग आग्रह गर्नुभएको छ ।


 

प्रतिक्रिया दिनुहोस