काठमाडौं। प्रतिपक्ष दलहरुले नीति तथा कार्यक्रममाथिको जवाफका लागि प्रधानमन्त्री बालेन्द्र साहलाई संसदमा उपस्थित गराउन माग गर्दै संसद अवरुद्ध गरेपछि प्रतिनिधि सभाको बैठक बिहीवारसम्मका लागि स्थगित भएको छ ।
सभामुख डोलप्रसाद अर्यालले बुधवारको बैठकमा कार्यसूचीमा रहेका केही कार्यक्रमहरू हटाउँदै सदनको आगामी बैठक र छलफलको कार्यतालिका सार्वजनिक गर्नुभएको हो । सभामुख अर्यालले कार्यसूचीको क्रम सङ्ख्या २ देखि ५ सम्मका सम्पूर्ण कार्यक्रमहरू सूचीबाट हटाइएको जानकारी गराउनु भयो । राष्ट्रपतिद्वारा प्रश्तुत आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरू प्रश्तुत गर्न, उक्त प्रश्तावमाथि छलफल गर्न र प्रधानमन्त्रीले जवाफ दिनका लागि आगामी वैशाख ३१ गतेको समय निर्धारण गरिएको छ । सभामुख अर्यालका अनुसार प्रतिनिधि सभा नियमावली २०७९ को नियम ३८ को उपनियम (१) बमोजिम २०८३ साल वैशाख ३१ गतेका लागि सो कार्यतालिका तय गरिएको हो ।
प्रतिनिधि सभाको अर्को बैठक वैशाख ३१ गते बिहीवार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० बैशाख २०८३, २० : २६
लेखकबाट थप