रंगशाला निर्माण भएपछि हात फिजार्न आउने छैनौैँ, अन्तिम पटक सहयोग गर्नुहोस्

बुधबार, २२ फागुन २०७५, १५ : ०७
रंगशाला निर्माण भएपछि हात फिजार्न आउने छैनौैँ, अन्तिम पटक सहयोग गर्नुहोस्

चितवन । नमुना नेपाल अभियानमा जुटेका सिताराम कट्टेल ‘धुर्मुस’ ले रंगशाला निर्माणपछि आर्थिक संकलनका लागि हात नफिजाउने बताएका छन् । यसअघि देशका विभिन्न ठाँउमा नमुना बस्ती निर्माण गरी सकेका उनले चितवनमा बन्न लागेको ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माण गर्न अन्तिम पटक सडकमा आएको सुनाए ।
‘हिजो राजनीतिक परिवर्तनका लागि पटक पटक सडक अन्दोलन ग¥यौ,उनले भने,‘यो समृद्ध नेपाल निर्माण गर्न सडकमा आएका छौ । यो महान अन्दोलनमा तपाईहरु साथको अपेक्षा छ ।’
कट्टेलले रंगशाला निर्माणपछि पनि नमुना नेपालको अभियान निरन्तर अघि बढ्ने पनि बताए । पहिला नमुना वस्ती र अहिले रंगशाला निर्माण गर्दा जसरी सडकमा आएका छौ, त्यसरी अब कहिले पनि सहयोगको आह्वान नगर्ने उनले भाबुक हुँदै भने ।
‘सधैँभरि मागिरहने पक्षमा हामी छैनौँ, यो नै हामीले अन्तिम पटक मागिरहेका छौँ । अब फेरि माग्न नपर्ने गरेर मागेका छौँ’ उनले भने, ‘क्रिकेट रंगशालाले हामीलाई अर्को पटक माग्न नपर्ने अवस्थामा ल्याउँछ, हामी विश्वास गर्छौँ ।’ देशविदेशबाट खुत्रुके भरिँदै छन्, थैलीहरु टम्म हुँदैछन् । यतिबेला सहयोग आउने क्रम जारी छ ।  
‘मनमा आँट भएपछि पुग्दो रहेछ, अहिले पुगेको अनुभव भइरहेको छ । देशविदेशमा बस्ने नेपालीहरुको सहयोगको जुन उत्साह छ, त्यो उत्साहले हौसला बढाएको छ’ उनले भने, ‘सहयोगको बाढीजस्तै भइरहेको छ, म झापाबाट चितवनसम्म आइपुग्दा जुन माहोल देखेँ, यसले मनलाई प्रफुल्ल बनाएको छ । ६ करोडको हाराहारीमा रकम संकलन भइसकेको छ ।’
धुर्मुस–सुन्तली फाउण्डेशनले बताउन लागको रंगशालाबाट हुने अम्दानीबाट अन्य परियोजनालाई अघि बढाउने संकेत गरेको छ । त्यसैले यो पटक रंगशाला निर्माणका लागि आर्थिक संकलनको आह्वानको क्रममा यो नै अन्तिम पटक हो भनी रहेका छन् ।

यो पनि पढौं

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला सम्बन्धी गीत सार्वजनिक

रंगशाला निर्माणका लागि काँग्रेस प्रवक्ता शर्माको सहयोग​

‘न कमिसन चल्छ, न फाइल रोकिन्छ, दुई वर्षमा रंगशाला सकिन्छ’

कामदारसँगै रंगशालाको कम्पाउण्डिङमा लागे धुर्मुस

प्रतिक्रिया दिनुहोस