काठमाडौं । अर्बपति विनोद चौधरीको सम्पत्ति एक वर्षमै २२ अर्ब बढेको छ । अमेरिकी म्यागेजिन फोर्ब्सले सार्वजनिक गरेको सन् २०१९को अर्बपतिको सूचीमा चौधरी १३४९औं स्थानमा छन् । उनी नेपालका एक मात्र अर्बपति हुन् ।
गत वर्ष फोर्ब्सको अर्बपतिको सूचीमा १५६१औँ स्थानमा रहेका चौधरी यसवर्ष २१२ स्थान माथि उक्लिँदै १३४९औं स्थानमा पुगेका हुन् । चौधरीले गत वर्षको सम्पत्तिमा २० करोड अमेरिकी डलरबराबरको सम्पत्ति थपेका छन् । जुन नेपाली २२ अर्ब ६१ करोड ८० लाख रुपैयाँ हो ।
अघिल्लो सालसम्म १ खर्ब ७० अर्बबराबरको सम्पत्तिका धनी चौधरीसँग अहिले १ खर्ब ९० अर्ब भन्दा बढीको सम्पत्ति रहेको फोर्ब्सको अनुसन्धानले देखाएको छ ।
चैधरीको समूहले नेपालमा नबिल बैंक पनि चलाउँछ । यसैमार्फत समेत खाद्य र पेयसम्बन्धी उद्योग सञ्चालनमा छ भने विद्युत, व्यापार र होटल क्षेत्रमा समेत चौधरीको लगानी छ ।
हाल नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभाका सांसद चौधरी सिजी (चौधरी ग्रुपका) प्रमुख हुन् ।
प्रतिक्रिया दिनुहोस