टीकापुर हत्याकाण्ड

सांसद रेशम चौधरीसहित ११ जनालाई सर्वश्वसहित जन्मकैदको फैसला

सफल खबर संवाददाता

बुधबार, २२ फागुन २०७५, १४ : ०३
सांसद रेशम चौधरीसहित ११ जनालाई सर्वश्वसहित जन्मकैदको फैसला

कैलाली । टीकापुर हत्याकाण्डमा मुख्य आरोपी सांसद रेशम चौधरीसहित ११ जनालाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाइएको छ ।

जिल्ला अदालत कैलालीका न्यायाधीश पर्शुराम भट्टराईको इजलाशले चौधरीसहित ११ जनामाथि सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको हो । उनीहरुलाई जन्मकैदको फैसला भएको श्रेेस्तेदार इन्द्रबहादुर कठायतले बताए ।

टीकापुरमा २०७२ भदौ ७ गते ८ सुरक्षाकर्मीसहित ९ जनाको ज्यान जाने गरी भएको घटनामा चौधरीलाई दोषी ठहर गरेको हो । सोही मुद्दामा चौधरी अहिले पुर्पक्षका लागि जेलमा छन् ।

घटनापछि फरार भएका चौधरी २०७४ को प्रतिनिधि सभा चुनावमा कैलाली १ मा राजपाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । वारेसमार्फत चुनाव जितेको प्रमाणपत्र लिन पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतसम्म गएका चौधरीले मुद्दा हारेपछि १४ फागुन २०७४ मा जिल्ला अदालत कैलाललीसामू आत्मसमर्पण गरेका थिए ।

लक्ष्मण थारुलाई भने ३ वर्ष कैद सजाय सुनाएको छ । उनले तीन वर्ष जेल बसिसकेकाले आजै रिहा हुने भएका छन् ।

प्रतिक्रिया दिनुहोस