नेपाल–बंगलादेश सीधा यातायातः परीक्षण गरेको वर्षदिन बित्न लाग्दा पनि अझै अनिश्चित

शुक्रबार, १७ फागुन २०७५, ०८ : ३१
नेपाल–बंगलादेश सीधा यातायातः परीक्षण गरेको वर्षदिन बित्न लाग्दा पनि अझै अनिश्चित

बिर्तामोड । बंगलादेश–भारत–नेपालबीच सीधा बस सेवाको गत बैशाख ११ गते मंंगलबार परीक्षण भयो । बंगलादेशको ढाकाबाट छुटेका दुईवटा बस तामझामका साथ नेपाल प्रवेश गरे । झापाको काँकडभिट्टा नाकामा बस र बसमा सवार तीनै देशका अधिकारीलाई भव्य स्वागत पनि गरियो । 

बस ढाकाबाट हिँडेको ५२ घण्टापछि नेपालको पूर्वी नाकाबाट काँकडभिट्टा प्रवेश गरेको थियो । तर, अहिले त्यो दृष्य कथाजस्तै बनेको छ । त्यसपछि नेपाल–बंगलादेश बस सेवा न चर्चा छ न पुनः सेवाको तयारी नै ।

बंगलादेश, भुटान, भारत र नेपाल (बीबीआईएन) मोटर भेहिकल सम्झौता भएको तीन वर्षपछि वैशाखमा ढाका–काठमाडौँ सीधा बस सेवा सञ्चालनको पहल सुरु भएको थियो । बस सेवा परीक्षण गरेको वर्षदिन बित्न लाग्दासमेत बस सेवाको औपचारिक सञ्चालन गर्ने÷नगर्ने विषयमा नेपाली र बंगलादेशी अधिकारीले अझै चासो दिएका छैनन् । 

प्रतिक्रिया दिनुहोस