रौनक देवघाटधाम माघे संक्रान्ति मेलाको (फोटोफिचर)

सोमबार, ०१ माघ २०७४, ०९ : २७

चितवन । पवित्र तिर्थ स्थल देवघाट धाममा मागे संक्रान्ति मेला भर्न आउनेको भिड लागेको छ । मेलामा आईतबार देखि नै विभिन्न जिल्लाबाट भक्तजनहरु आएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले जानकारी दिनुभयो ।

 

यस पटक पनि स्नानका लागि तनँहु तर्फको बेणी संगम र चितवनको तर्फ नदी किनारमा स्नानघाटको व्यावस्था मिलाईएको छ । स्नान गर्ने क्रममा कुनै अप्रिय घटना हुन नदिन काठको ढुङगा सहित माझी र बोटे युवाहरु र कुरिनटारको विपत व्यवस्थापनको सशस्त्र प्रहरी बललाई जिम्मा दिएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

माघे संक्रान्तिमा देवघाटमा गएर स्नान गर्दा दुख हरण हुने, सन्तान सुख प्राप्ति हुने र पितृ मुक्त हुने पौराणिक विश्वासको आधारमा देवघाटमा हरेक वर्ष माघे संक्रान्तिमा लाखौँ भक्तजनहरु स्नानको लागि पुग्ने गर्दछन् । मेला परिसर र देवघाट क्षेत्रमा झत्तजनहरुको आवगमन सहज बनाउन एक तर्फी सवारी साधन आवगन गर्न दिईएको छ ।

मेलालाई थप व्यवस्थित बनाउन मदिरा र धुम्रपान निषेश गरिएको समितिका अध्यक्ष पौडेलको भनाई छ । त्यसतै मेलामा शौचालय ,स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाका लागि प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको उहाँले बताउनुभयो । 


प्रतिक्रिया दिनुहोस