पर्यटन तथा नागरिक उड्यानमन्त्री रवीन्द्र अधिकारी चढेको एयर डाइनेस्टिको हेलिकप्टर सम्पर्कविहीन

सफल खबर संवाददाता

बुधबार, १५ फागुन २०७५, १४ : १३
पर्यटन तथा नागरिक उड्यानमन्त्री रवीन्द्र अधिकारी चढेको एयर डाइनेस्टिको हेलिकप्टर सम्पर्कविहीन

काठमाडौं l संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री रवीन्द्र अधिकारी चढेको एयर डाइनेस्टिको हेलिकप्टर सम्पर्कविहीन भएको छ। उक्त हेलिकप्टर ताप्लेजुङबाट तेह्रथुम आउँदै गर्दा ताप्लेजुङमा सम्पर्कविहीन भएको हो।

गृहसचिव प्रेम राईले राज्यव्यवस्था समितिको बैठकमा दुर्घटनाबारे जानकारी गराएका छन्।ताप्लेजुङको दारेढुंगामा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको खबर आएको गृह सचिव राईले पुष्टि गरे । सचिव राईका अनुसार हेलिकोप्टरमा मन्त्री अधिकारी, डाइनेस्टी एयरका प्रमुखसहित ६ जना थिए । 'दुर्घटना भएको खबर आयो,' राईले भने, 'तर मानवीय क्षति भए नभएको बारे जानकारी पाइएको छैन।'

दुर्घटना ताप्लेजुङको पाथीभरा मन्दिर आसपास क्षेत्रमा भएको जानकारी आएको गृह मन्त्रालय सुत्रले जानकारी दिएको छ। तेह्रथुमको चुहान डाँडामा विमानस्थल निर्माणको अवलोकनका लागि मन्त्री अधिकारी त्यहाँ गएको बताइएको छ।

मन्त्री अधिकारीसँग यति एयरलाइन्सका संचालक आङछिरिङ शेर्पासमेत रहेको बताइएको छ। आज बिहान करिब ११:३० बजे मन्त्री अधिकारीसहित ६ जना चढेको हेलिकप्टर पाथीभार गएको जिल्ला प्रहरी कार्यालयका डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए। एयर डाइनेस्टीको नाइन एन एएमआइ कल साइनको हेलिकप्टर सम्पर्कविहीन भएको थियो।

प्रतिक्रिया दिनुहोस