यसकारण लाग्छ खानापछि निद्रा

बुधबार, ०८ फागुन २०७५, २० : १२
यसकारण लाग्छ खानापछि निद्रा

फाईल तस्विर

प्रायः मानिसलाई खाना खाएपछि निद्राले च्याप्ने गर्छ । कतिपयले त खानापछि आराम गर्ने वा केही बेर सुत्ने रुटिन नै बनाएका हुन्छन् । यद्यपि, बेलुकासमेत खानेबित्तिकै नसुत्न डाक्टरले सल्लाह दिने गर्छन् । किनभने, यसो गर्दा पाचन प्रक्रियामा समस्या सिर्जना हुने हुन्छ । खानालगत्तै निद्रा लाग्ने कारणबारे भने निकै कमलाई जानकारी हुन सक्छ । अब जान्नुहोस्, यसकारण लाग्छ खानालगत्तै निद्रा :

- प्रत्येक दिन मानिसलाई खानालगत्तै निद्रा नलाग्न पनि सक्छ । तर, वास्तविकता के हो भने प्रायःलाई खाना खाएपछि निद्रा लाग्ने गर्छ । सामान्य भाषामा यस्तो बानीलाई ‘फुड कोमा’ भन्ने गरिन्छ । यसका थुप्रै कारण छन् ।
- अत्यधिक कार्बोहाइड्रेट पाइने खानाको सेवनपछि शरीरमा इन्सुलिन बन्न थाल्छ । र, यसले ट्रिप्टोफेनको निर्माण गर्छ । यो मस्तिष्कमा पुगेपछि सेरोटोनिन बन्ने प्रक्रिया सुरु हुन्छ र मेलाटोनिनका कारण मानिसलाई निद्रा लाग्ने गर्छ ।
- विज्ञ भन्ने गर्छन् कि फुड कोमाबाट बच्न खानाको प्याटर्नबारे जानकारी राख्न जरुरी हुन्छ ।
- यसबाट बच्न खानाको मात्रामा पनि ध्यान पु-याउनुपर्छ । एकैपटक ठूलो परिमाणमा खाना खानुको सट्टा थोरै–थोरै खाना छोटो–छोटो अवधिमा प्रयोग गर्दा राम्रो हुन्छ ।
- यसका लागि डाइट पनि सन्तुलित मात्रामा लिँदा राम्रो हुन्छ । जसमा काब्र्सको मात्रा कम र पोषण तत्वको मात्रा बढी हुन जरुरी हुन्छ ।
- खाना खाएपछि आरमसँग कुर्सीमा बस्ने बानी गर्नुहुँदैन । यसको साटो केही समय टहलिने वा क्रियाशील रहने गर्नुपर्छ ।
- यसो गर्दा राम्रोसँग खाना पच्नुका साथै रगतमा चिनीको मात्रा पनि नियन्त्रण हुन्छ । नयाँ पत्रिका

 

प्रतिक्रिया दिनुहोस