धूम्रपानको कुलतबाट छुटकारा पाउन यसो गरौं

पत्रपत्रिकाबाट

बुधबार, ०८ फागुन २०७५, ०७ : ४६
धूम्रपानको कुलतबाट छुटकारा पाउन यसो गरौं

धूम्रपान स्वास्थ्यका लागि हानिकारक छ । यो सबैलाई थाहा भएकै कुरा हो । तर, शिक्षित मानिस नै धूम्रपान गरिरहेका भेटिन्छन् । चुरोट तथा सुर्तीजन्य पदार्थमा निकोटिन, टारजस्ता स्वास्थ्यलाई हानि पुर्‍याउने रसायन पाइन्छ ।

-वेला–वेला तलतल लागेमा लामो श्वास लिएर आफ्नो ध्यानलाई अन्यत्र मोड्ने कोसिस गर्नुहोस् ।
-तलतल बढी नै लाग्यो भने प्रशस्त पानी र फलफूलको जुस पिउनुहोस् ।

-आफूलाई सकेसम्म व्यस्त राख्नुहोस् । दिमाग एकोहोरो भएका वेला धूम्रपान गर्न मन लाग्ने भएकाले मन पर्ने गीत सुन्ने, पुस्तक पढ्ने वा अन्य फेभरेट कुरा गर्ने गर्नुहोस् ।

-लत लागेका तीन–चारजनाले एकैचोटि धूम्रपान त्याग्ने निधो गरेमा सम्भव हुन्छ ।

-लतलाई एकाएक त्याग्ने । भोलि वा पर्सि छोड्छु भनेर दिन हेरेर नबस्ने । यसो गरे कहिल्यै पनि धूम्रपान त्याग्न सकिन्न ।

प्रतिक्रिया दिनुहोस