कविता : बौलाएको कुकुर

मंगलबार, ०७ फागुन २०७५, १६ : ०५
कविता : बौलाएको कुकुर

- रामप्रसाद ज्ञवाली

साँढे पाल्ने रहर किन भयो ? जोत्न मिल्दैन साँढे
ढाडे पाल्ने रहर किन हो ? दूध राख्दैन ढाडे
मन्द्राएको वृषभ छ भने त्यो नबाँधी हुँदैन
बौलाएको कुकुर छ भने त्यो नमारी हुँदैन ।

बेच्यो आफ्नोपन अनि प्रजातन्त्र पारेर शेष
नेपालीको धन पनि लुट्यो लुस्स भाग्यो विदेश
दुष्टात्माको मगज सुन है तर्कले सुध्ँदैन
बौलाएको कुकुर छ भने त्यो नमारी हुँदैन ।

सिन्की पार्ने मन यदि भए गाड्नु नै पर्छ खाँदी
एक्लो पार्ने मन यदि भए मिल्नु नै पर्छ हामी
ब्वाँसो पल्केपछि रगतमा गाउँ बाँकी हुँदैन
बौलाएको कुकुर छ भने त्यो नमारी हुँदैन ।

रोगाएको अलिकति भए जिन्दगी भर्न मिल्छ
लागेको जन्डिसतक भए औषधी गर्न मिल्छ
रोगै एड्स छ यदि भने औषधीले छुँदैन
बौलाएको कुकुर छ भने त्यो नमारी हुँदैन ।

0000

("वेदना" पूर्णाङ्क ७२ बाट साभार)

प्रतिक्रिया दिनुहोस