नेपालमा बिनातार टिभि हेर्न सकिने प्रविधि आयो

सफल खबर संवाददाता

शुक्रबार, १८ माघ २०७५, १९ : ३०
नेपालमा बिनातार टिभि हेर्न सकिने प्रविधि आयो

काठमाण्डौ । काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ । कञ्चन स्काई डिजिटल वायरलेस टिभि बिनातार टिभि हेर्न सकिने प्रविधि हो । 

कञ्चन स्काई डिजिटल वायरलेस टेलिभिजनले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी वायरलेस टिभि बारे जानकारी गराएको हो । नेपालको सुदुरपश्चिमबाट वायरलेस टिभिको सेवा सुरु गरेको कञ्चन स्काईले सो सेवा राजधानी काठमाण्डौमा पनि विस्तार गरेको हो । डिजिटल वायरलेस टिभि तार विना नै हेर्न सकिने भएकाले अन्य प्रविधिको तुलनामा सस्तो हुने दाबी कञ्चन स्काई टेलिभिजनले गरेको छ । 

नेपाल सरकारबाट एउटै सेटअप बक्सबाट धेरै जनाले एकैपटक धेरै च्यानल हेर्न सक्ने प्रविधिमा आधारित अत्याधुनिक प्रविधि प्रयोगमा ल्याएको स्काई टेलिभिजनले जनाएको छ । डि भि बि डिजिटल भिडियो ब्रोडकास्टीङको मापदण्डमा यो टिभि हेर्न सकिने भएकै कारण पछिल्लो अत्याधुनिक प्रविधिको रुपमा यसको उदय भएको हो ।

प्रतिक्रिया दिनुहोस