४ करोड धरौटी लिएर अदालतले छाड्यो बिक्रम पाण्डेलाई

सफल खबर संवाददाता

बुधबार, ०२ माघ २०७५, १९ : ३२
४ करोड धरौटी लिएर अदालतले छाड्यो बिक्रम पाण्डेलाई

काठमाडौं । पूर्वमन्त्री तथा कालिका कन्स्ट्रक्सनका प्रमुख बिक्रम पाण्डेलाई  विशेष अदालतले ४ करोड रुपैयाँ धरौटी लिएर रिहा गरेको छ । 
विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको इजलाशले पाण्डेलाई धरौटीमा रिहा गर्ने आदेश गरेको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम भएको ठहर गर्दै राप्रपाका नेता पाण्डेसहित २१ जनाविरुद्ध विशेष अदालतमा मंसिर २१ गते भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।

सिक्टा सिचाइँ आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा अख्यिारले दायर गरेको मुद्दामा विशेष अदालतले बुधबार पाण्डेलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो । 

प्रतिक्रिया दिनुहोस