फुड फेस्टिबलले साँस्कृतिक संरक्षण : मेयर दाहाल

सफल खबर संवाददाता

बुधबार, ०२ माघ २०७५, १९ : २०
फुड फेस्टिबलले साँस्कृतिक संरक्षण : मेयर दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले चितवन महोत्सव अन्तर्गत आयोजित फुड फेस्टिबलले साँस्कृतिक संरक्षणमा महत्वपूर्ण योगदान गरेको बताउनु भएको छ । नारायणगढको क्याम्पाचौरमा बुधबार फुड फेस्टिबलको समापन समारोहलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथि दाहालले यस्तो बताउनु भएको हो ।

‘विभिन्न जातजाति तथा समुदायहरुका खानाका परिकारहरुले साँस्कृतिक पक्षको संरक्षण र प्रवद्र्धनमा उल्लेख्य भूमिका खेल्नुका साथै फरक खालको स्वादले मानिसलाई फरकपनको अनुभूति दिन्छ’ उहाँले भन्नुभयो, ‘यस्ता कार्यक्रमको निरन्तरता र बिस्तारले समुदायको साँस्कृतिक पक्षलाई जीवन्त राख्न सहयोग पु‍¥याउने विश्वासका साथ भरतपुर महानगरपालिका यस्ता गतिविधिहरुको संरक्षण, विकास र प्रवद्र्धनमा सधैं लागिपर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

उहाँले दुई वर्षको अन्तरमा हुने चितवन महोत्सवको अवसरमा आयोजित पाँचौँ फुड फेस्टिबलको पूर्णरुपमा सफल भएको महसुस गरेको बताउनु भयो । यस फुड फेस्टिबलले विभिन्न खानाका परिकारहरुको माध्यमबाट आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धनमा सहयोग पु‍¥याएको उहाँको भनाइ थियो ।

भरतपुर महानगरपालिकाको साथै समग्र चितवन जिल्लाकै गौरव र गरिमाको रुपमा रहेको चितवन महोत्सवमा यसपटक पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिइएको छ । फुड फेस्टिबल समापनका अवसरमा कलाकार, प्रायोजक र उत्कृष्ट खानाको परिकार राख्ने स्टललाई सम्मानित गरिएको थियो ।

कार्यक्रममा उद्योग वाणिज्य संघ नारायणगढका अध्यक्ष तथा चितवन महोत्सवका संयोजक सहनलाल प्रधान लगायतले फुड फेस्टिबल सानदार ढंगले सफल भएको भन्दै सहभागीहरुलाई धन्यवाद दिएका थिए ।

प्रतिक्रिया दिनुहोस