तदर्थ समिति गठन गर्ने असन्तुष्ट पक्षलाई कारबाही

सफल खबर संवाददाता

आइतबार, २९ पुस २०७५, १९ : ३०
तदर्थ समिति गठन गर्ने असन्तुष्ट पक्षलाई कारबाही

चितवन । होटल व्यवसायी संघ, चितवनले तदर्थ समिति गठन गर्ने असन्तुष्ट पक्षलाई कारबाही गरेको छ । संघले आइतबार भरतपुरमा पत्रकार सम्मेलन गर्दै संघको गरिमा र मर्यादामा चोट पु¥याएको भन्दै पदीय दायित्वमा रहेका सदस्यहरुलाई संघको सदस्यमात्र रहने गरी कारबाही गरेको हो ।

कारबाहीमा पर्नेहरुमा तदर्थ समितिका अध्यक्ष दिपक ढकाल, समितिका रहेका बीरबहादुर गुरुङ, देव शर्मा पौडेल, राजन श्रेष्ठ, शुदेश शिवाकोटी,अमित अधिकारी, निरबहादुर गुरुङ रहेका छन् । यसैगरी पदीय जिम्मेबारीबाट मुक्त हुनेमा देव शर्मा पौडेल, ज्योतिप्रकाश कँडेल, दिपक पौडेल, लक्ष्मी कार्की, गंगा पराजुली, भरत रिजाल, बासु गौतम सहित ३२ जना रहेका छन् ।

संघकी अध्यक्ष शर्मिला न्यौपानेले पटकपटक संघको साधारणसभामा निमन्त्रणा गर्दा उपस्थित नरहने, उपस्थित भएपनि सभा चल्न नदिने र संघको विधान विपरीत कार्य गर्दै हिँड्ने व्यक्तिहरुलाई बाध्य भएर संघको जिम्मेवारीबाट मुक्त गरिएको बताउनु भयो । संघको समस्यामाथि पटक पटक छलफल गर्न संघ तयार भएपनि उनीहरुले अटेर गरी तदर्थ समिति गठन गरी सञ्चारमाध्यममा प्रकाशित गरेकाले उनीहरुलाई पदबाट हटाइएको उहाँले बताउनु भयो ।

संघका पूर्वअध्यक्ष इमान्दु बरालले संघको दुईतिहाई बहुमतले उनीहरुलाई पदमुक्त गरेको भन्दै संघलाई फुटाउने कोशिस गरेको कारण पदबाट हटाइएको बताउनु भयो । उनीहरुको अदालतमा परेको मुद्दा समेत खारेज भएको अवस्थामा पदीय मर्यादा र दायित्वमाथि आंँच पुग्ने काम गरेकोले कारबाही गरिएको पूर्वअध्यक्ष बरालले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस