बालकृष्ण ढुंगेल पक्राउ, सरकारले चुनाब प्रभावित गर्न खोजेको माओवादीको आरोप

मंगलबार, १४ कार्तिक २०७४, १४ : ५९
बालकृष्ण ढुंगेल पक्राउ, सरकारले चुनाब प्रभावित गर्न खोजेको माओवादीको आरोप

काठमाडाैं । नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार विहान ललितपुरको सातदोवाटोबाट उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो(सिआइबी) ले पक्राउ गरेको माओवादीका एक नेताले  जानकारी दिए ।

प्रहरी प्रवक्ता मनोज न्यौपानेले पनि ढुंगेल सातदाेबाटाेबाट पक्राउ परेकाे बताए । ढुंगेललाइ सिअाइबीकाे कार्यालय महाराजगन्जमा राखिएकाे छ र केहिबेरमा जिल्लाअदालत काठमाडाैं लगिने तयारी गरिएकाे छ । २०६१ सालमा जिल्ला अदालत ओखलढुंगाले उज्जन श्रेष्ठको हत्यामा ढुंगेललाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियो।

सो फैसलालाई पुनरावेदन अदालत राजविराजले उल्टाइदिएको थियो। तर पछि सर्वोच्च अदालतले २०६६ सालमा जिल्ला अदालतको फैसला सदर गरेको थियो। ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको १० असार २०५५ मा हत्या भएको थियो ।

द्वन्द्वकालका मुद्दाहरु संकमणकालमा टुंग्याउनका लागि विस्तृत शान्ति सम्झौतामा भएको व्यवस्था अनुसार सरकारले दुईवटा आयोग गठन गरेको छ । र ती आयोगहरुले अहिले पनि काम गरिहेका छन । सामान्य अवस्थाको नभई दुंगेलमाथि लगाइएको मुद्दा द्वन्द्वकालीन भएकाले त्यसलाई सामान्य अदालतमा नभई संक्रमणकालिन व्यवस्था अनुसार टुंग्याउनु पर्ने माओवादी केन्द्रको भनाई छ । ढुंगेललाई राजनीतिक र चुनाब प्रभावित गर्ने उद्देश्यले पक्राउ गरिएको माओवादीको आरोप छ ।

प्रतिक्रिया दिनुहोस