काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदै छ।
विधानअनुसार वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्नेछन् भने उपाध्यक्ष र कार्यकारिणी सदस्यका लागि मतदान हुन लागेको हो।
निर्वाचनमा अञ्जन श्रेष्ठ समर्थित समूह र उपाध्यक्ष हेमराज ढकाल नेतृत्वको समूहबीच प्रतिस्पर्धा छ। दुवै पक्षले उपाध्यक्ष र कार्यकारिणी सदस्य पदका लागि आफ्ना उम्मेदवार अघि सारेका छन्।
महासंघको ७३ पदका लागि १३७ व्यवसायी उम्मेदवार छन्। मतदान बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म कमलादीस्थित प्रज्ञा भवनमा हुनेछ र त्यसपछि मतगणना गरिनेछ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ बैशाख २०८३, ०८ : ३९
लेखकबाट थप