नेपाल सरकार र चिकित्सक संघबिच सहमति, आन्दोलन फिर्ता

सफल खबर संवाददाता

मंगलबार, २४ असार २०८२, २२ : ०६
नेपाल सरकार र चिकित्सक संघबिच सहमति, आन्दोलन फिर्ता

काठमाडौँ । नेपाल सरकार र चिकित्सक संघबीच सहमति भएको छ । मंगलबार सहमति भएसँगै आजैबाट स्वास्थ्य सेवा सुचारु भएका छन् । कानुनी संशोधन गर्न सुझावसहित प्रतिवेदन पेस गर्न कार्यदल गठन गर्ने सहमति भएको छ । 

यसअघि चिकित्सक र स्वास्थ्य संस्थालाई ठुलो रकम तिराउने गरी उपभोक्ता अदालतबाट धमाधम फैसला भएको विरोधमा चिकित्सकहरू आन्दोमा होमिएका थिए । उनीहरुले आकस्मिकबाहेकका सेवा ठप्प बनाएका थिए । 

प्रतिक्रिया दिनुहोस