काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निजी क्षेत्रलाई केवल कर तिर्ने निकायको रूपमा मात्र नभई देशको ‘आर्थिक इन्जिन’का रूपमा हेर्नुपर्ने बताएका छन् ।
नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्ती (७५ औँ वर्ष) को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले निजी क्षेत्र राष्ट्र निर्माणको अभिन्न साझेदार भएको बताए । उनले निजी क्षेत्र सबल भए मात्र राष्ट्रको अर्थतन्त्र सबल हुने धारणा राखे ।
नेपालको निजी क्षेत्रको संघर्ष, समर्पण र उपलब्धिलाई स्मरण गर्दै मुलुकको आर्थिक समृद्धिमा चेम्बरले पुर्याएको योगदानको प्रशंसा पनि गरे । कोभिड महामारी, आपूर्ति श्रृङ्खलामा आएको अवरोध र उत्पादनमा आएको गिरावटका कारण अर्थतन्त्रमा केही चुनौतीहरू देखिएको उल्लेख गर्दै राष्ट्रपतिले यस्तो अवस्थामा सरकार र निजी क्षेत्रबीचको सहकार्य अझ सुदृढ हुनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ चैत्र २०८२, १२ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
“सक्षम, नैतिक तथा प्रविधिमैत्री कर्मचारीतन्त्रले मात्रै सुशासन दिन सक्छ” : राष्ट्रपति पौडेल
किसानको मुस्कानमा राष्ट्रको खुसी लुकेको हुन्छ : राष्ट्रपति पौडेल
राजनीतिक नेतृत्वको चरित्रमा सुधार आवश्यक : राष्ट्रपति पौडेल
‘हिमाली वातावरणको संरक्षण आजको आवश्यकता हो’ : राष्ट्रपति पौडेल
‘गणतन्त्रमा स्थानीय सरकारको महत्त्व र गरिमा व्यापक’ : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता