‘भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउने सरकारको प्रतिबद्धता’ : सांसद सिंह

सफल खबर संवाददाता

शुक्रबार, २० चैत्र २०८२, १३ : १५
‘भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउने सरकारको प्रतिबद्धता’ : सांसद सिंह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले वर्तमान सरकार जनअपेक्षा अनुसार कार्यसम्पादनमा केन्द्रित रहने बताएका छन्।संघीय संसद् परिसरमा सञ्चारकर्मीहरूसँगको संवादका क्रममा उनले सरकार र दल दुवैले नागरिकको अपेक्षा र म्यान्डेटलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने स्पष्ट पारे।

जनताबाट प्राप्त समर्थनलाई परिणाममुखी काममा रूपान्तरण गर्ने दिशामा सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।

उनले शासन सञ्चालनमा पारदर्शिता र जवाफदेहितालाई जोड दिँदै कुनै पनि प्रकारको भ्रष्टाचार वा अव्यवस्थालाई सहन नगर्ने नीति अवलम्बन गरिएको उल्लेख गरे। प्रभावकारी सेवा प्रवाहमार्फत नागरिकले परिवर्तनको अनुभूति गर्ने वातावरण निर्माण गर्न सरकार केन्द्रित रहेको उनले बताएका छन्।

सांसद सिंहले आगामी केही महिनामा सरकारका कामको परिणाम देखिने दाबी गर्दै सञ्चार क्षेत्रलाई पनि निष्पक्ष रूपमा निगरानी गर्न आग्रह गरेका छन् ।

साथै, कार्यसम्पादनलाई थप सुदृढ बनाउन पार्टीस्तरबाट आवश्यक सहकार्य र समन्वय हुने उनले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस