स्थानीय तहको अधिकारमा हस्तक्षेप भएको भन्दै धादिङका पालिकाको आपत्ति

सफल खबर संवाददाता

विहीबार, ०५ चैत्र २०८२, १४ : ३८
स्थानीय तहको अधिकारमा हस्तक्षेप भएको भन्दै धादिङका पालिकाको आपत्ति

काठमाडौँ । धादिङ जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरूले स्थानीय सरकारलाई प्राप्त संवैधानिक अधिकारमाथि हस्तक्षेप भएको भन्दै असन्तुष्टि जनाएका छन्।

उनीहरूले संघीय संरचना अनुसार प्राप्त अधिकार स्वतन्त्र रूपमा प्रयोग गर्न पाउने सुनिश्चितताका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

जिल्लाका १३ वटै स्थानीय तहका प्रमुख तथा अध्यक्ष र उपप्रमुख तथा उपाध्यक्षहरूको संयुक्त बैठकले संघीयताको मर्मअनुसार तीनै तहबीच समन्वय, सहकार्य, विश्वास र पारस्परिक सम्मान सुदृढ गर्दै अघि बढ्नुपर्ने निष्कर्ष निकालेको छ। बैठक नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको हो।

प्रतिक्रिया दिनुहोस