‘मलेखुदेखि ताल्तीसम्म जाने सवारी साधनले शुल्क तिर्नु पर्दैन’ : आशिका तामाङ

सफल खबर संवाददाता

मंगलबार, ०३ चैत्र २०८२, १२ : २१
‘मलेखुदेखि ताल्तीसम्म जाने सवारी साधनले शुल्क तिर्नु पर्दैन’ : आशिका तामाङ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नवनिर्वाचित सांसद आशिका तामाङले आजबाट मलेखुदेखि ताल्तीसम्म जाने कुनै पनि सवारी साधनले शुल्क तिर्नु नपर्ने बताएकी छन् । 

ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु न्यायोचित नभएको भन्दै उनले यस्तो बताएकी हुन् । 

उनले फेसबुकमा लेखेकी छन्, ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कहाँ सम्म न्यायोचित हो ? आजबाट मलेखुबाट ताल्तीसम्म जाने कुनै पनि सवारी साधनले शुल्क तिर्नु पर्ने छैन, मैले सम्बन्धित निकाय मा निर्देशन दिइसकेको जानकारी गराउँछु।’

तामाङले कसैले शुल्क उठाएको थाहा पाएमा कारबाहीको दायरामा ल्याउने चेतावनी समेत दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस