काठमाडौँ। सामाजिक अभियन्ता आशिका तामाङले आगामी प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन् ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै तामाङले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर २ वा ९ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन् ।
आफूले पछिल्लो केही हप्तादेखि सक्रिय राजनीतिमा प्रवेश गर्नेबारे गम्भीर छलफल र आत्ममन्थन गरेको उल्लेख गर्दै तामाङले दलगत राजनीतिभन्दा माथि उठेर स्वतन्त्र धारमा अघि बढ्ने निर्णयमा पुगेको बताएकी छन् ।
उनले भनेकी छन्, ‘म कुनै पनि राजनीतिक दलमा आबद्ध नहुने निर्णयका साथ आगामी हुने संसद् निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ र ९ लाई प्राथमिकतामा राख्दै स्वतन्त्र उम्मेदवारी घोषण गर्दछु ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ पुस २०८२, १९ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपसभापति भा'को मान्छे पार्टीको सदस्य होइन भन्ने ! : आशिका तामाङ
आशिका तामाङलाई धरौटीमा छाड्न अदालतको आदेश
आशिका तामाङलाई बयानका लागि अदालत लगियो
आशिका तामाङ शुक्रबारसम्म हिरासतमै रहने
आशिका तामाङविरुद्ध अदालतमा मुद्दा दर्ता, शुक्रबार थुनछेक
बेलगाम ‘सामाजिक अभियन्ता’, आशिका तामाङमाथि अनुसन्धान हुँदै