काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धादिङ निर्वाचन क्षेत्र नं. १ बाट आशिका तामाङलाई प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनाउने निर्णय गरेको छ।
सोमबार काठमाडौँस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पार्टीका नेताहरूको उपस्थितिमा तामाङलाई औपचारिक रूपमा उम्मेदवारीको टिकट प्रदान गरिएको हो। उक्त अवसरमा रास्वपाका नेता गणेश पराजुलीले उनलाई टिकट हस्तान्तरण गरेका थिए।
पछिल्लो समय विभिन्न क्षेत्रमा चर्चामा रहेका व्यक्तिहरूलाई राजनीतिक दलहरूले उम्मेदवार बनाउने प्रवृत्ति बढ्दो देखिएको छ। राजनीति स्वयं नीति र मूल्यमा आधारित हुनुपर्ने मान्यताका बाबजुद पछिल्ला केही वर्षयता स्थापित दलहरूले समेत शक्ति र प्रभावको खेलका नाममा विविध पृष्ठभूमिका व्यक्तिहरूलाई राजनीतिमा भित्र्याउँदै आएका छन्। नयाँ दलहरूले पनि राजनीतिक अनुभवभन्दा बढी सार्वजनिक चर्चा कमाएका व्यक्तिहरूलाई विभिन्न क्षेत्रमा उम्मेदवार बनाउने क्रम तीव्र बनाएको देखिन्छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ माघ २०८२, १४ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेनले काठमाडौंको मेयरबाट आजै राजीनामा दिदै
उम्मेदवार टुङ्गो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
गोरखामा रास्वपा नेता परियारको गाडीमा तोडफोड
रास्वपा सहमहामन्त्री आचार्यले लिए समानुपातिकको सूचीबाट नाम फिर्ता
समानुपातिक बन्द सूचीको नाम अद्यावधिक गर्न निर्वाचन आयोग जाने रास्वपाको तयारी