रास्वपालाई भुटानका प्रधानमन्त्रीको बधाई: दुई देशको मित्रता अझ प्रगाढ बन्ने आशा छ

सफल खबर संवाददाता

मंगलबार, २६ फागुन २०८२, १० : ३२
रास्वपालाई भुटानका प्रधानमन्त्रीको बधाई: दुई देशको मित्रता अझ प्रगाढ बन्ने आशा छ

काठमाडौ । भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले प्रतिनिधि सभा निर्वाचनमा बहुमत हासिल गरेकामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह बालेनलाई बधाई दिएका छन्।

प्रधानमन्त्री तोब्गेले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत उनले चुनाव सफल भएकामा सबै नेपाली जनतालाई पनि बधाई दिएका छन्। 

यस क्रममा उनले भुटान र नेपालबिचको मित्रता अझ गाढा बनाउन तयार रहेको पनि उल्लेख गरेका छन्। 

‘नेपालको आम निर्वाचनमा ठुलो विजय हासिल गर्नुभएमामा श्री बालेन शाह र श्री रवि लामिछानेलाई बधाई छ। साथै सफल चुनावका लागि म नेपाली जनतालाई पनि बधाई दिन्छु’, भुटानका प्रधानमन्त्री तोब्गेले लेखेका छन्, ‘दुईदेशबिचको गहिरो मित्रता अझ प्रगाढ बन्ने आशा छ।’

प्रतिक्रिया दिनुहोस