काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बहुमत नजिक पुगेको छ ।
प्रत्यक्षतर्फको १६१ सिटको मतगणना भइसक्दा अहिलेसम्म रास्वपाले १२४ सिट जितेको छ । रास्वपा अब एक क्षेत्रमा अगाडि छ ।
दोस्रो दल बन्न लागेको नेपाली कांग्रेसले १७ सिटमा चित्त बुझाएको छ ।
तेस्रो स्थानमा रहेको नेकपा (एमाले)ले आठ क्षेत्रमा जित निकाल्दा एक क्षेत्रमा अग्रता कायम राखेको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले भने सात क्षेत्रमा सिट सुरक्षित गरेको छ ।
हर्कराज राईको श्रम संस्कृति पार्टीले तीन क्षेत्र सुरक्षित गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भने एक क्षेत्र जुम्लामा मात्र जित निकालेको छ । निर्वाचन आयोगले आज दिउँसोसम्ममा प्रत्यक्षतर्फ सबै क्षेत्रको परिणाम सार्वजनिक हुने बताएको छ ।
समानुपातिकतर्फको परिणाम भने मंगलबारसम्ममा सक्ने योजना आयोगको रहेको विज्ञप्तिमार्फत् जानकारी गराएको छ
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ फागुन २०८२, ०६ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित
रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
रास्वपाको बागमती अधिवेशन: विद्युतीय मेसिनबाट मतदानको तयारी
रास्वपा गण्डकी सभापतिमा नवीन त्रिपाठी विजयी
रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी