काठमाडौँ। सिन्धुपाल्चोक-२ बाट प्रतिनिधि सभा सदस्यमा नेकपाका युवराज दुलाल निर्वाचित भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बंशलाल तामाङलाई २ हजार ५५३ मतान्तरले पराजित गर्दै जित हासिल गरेका हुन् ।
अन्तिम मत परिणामअनुसार नेकपाका दुलालले २१ हजार ६९९ मत प्राप्त गर्दै विजयी बनेका छन् भने तामाङ १९ हजार १४६ मत सहित दोस्रो भए । नेकपा एमालेका शेरबहादुर तामाङले १५ हजार ९२६ सहित तेस्रो स्थानमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका झलक कुमार श्रेष्ठले १४ हजार १९ मत सहित चौथो स्थानमा सीमित भएका छन् ।
प्रतिनिधि सभा–२ को ‘क’ बाट दुई पटक प्रदेश सभा सदस्य निर्वाचित भइसकेका दुलाल युवा नेतृत्व र जनमुखी काम गर्ने शैलीका कारण जिल्लामा लोकप्रिय मानिन्छन्। जिल्लामा सक्रिय र परिणाममुखी नेताका रूपमा परिचय बनाएका कारण अपेक्षाकृत कमजोर संगठनात्मक अवस्थाबीच पनि उनले जित हासिल गरेका हुन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ फागुन २०८२, १६ : ११
लेखकबाट थप