रौतहट-३ मा रास्वपाका रवीन्द्र पटेल विजयी

सफल खबर संवाददाता

आइतबार, २४ फागुन २०८२, १३ : ४३
रौतहट-३ मा रास्वपाका रवीन्द्र पटेल विजयी

काठमाडौँ। रौतहट क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवीन्द्र पटेल विजयी भएका छन् ।

२७ हजार ३१८ मत ल्याएर उनी विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी जनता समाजवादीका गोविन्द चौधरीलाई उनले १५ हजार ३६४ मतान्तरले पराजित गरेका हुन् । चौधरीले ११ हजार ९५४ मत ल्याए ।

त्यस्तै आम जनता पार्टीका प्रभु साहले ९ हजार ८९० तथा एमालेका कुन्दन प्रसाद कुशवाहाले ६ हजार ६०५ मत ल्याए । योसँगै रौतहट जिल्लाका चारै निर्वाचन क्षेत्रको मत परिणाम आएको छ । ४ निर्वाचन क्षेत्रमध्ये ३ वटामा रास्वपा र एउटा क्षेत्र २ नम्बरमा नेपाली काँग्रेसका उम्मेदवारले विजयी हासिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस