लहान । प्रतिनिधिसभा निर्वाचनमा सिराहा क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बब्लु गुप्ता फराकिलो मतान्तरले विजयी भएका छन्।
गुप्ता नेपाली कांग्रेसका उम्मेदवार रामसुन्दर चौधरीभन्दा ३१ हजारभन्दा बढी मतान्तरले विजयी भएका हुन्।
रास्वपाका उम्मेदवार गुप्ताले ४१ हजार ३२२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका चौधरीले ९ हजार ७८४ मत प्राप्त गरेका छन्।
नेकपा एमालेका उम्मेदवार रामाशंकर यादवले ७ हजार ८८४ र नेपाली कम्युनिस्ट पार्टी नेकपाका उम्मेदवार रामचन्द्र यादवले २ हजार ८५३ मत प्राप्त गरेको क्षेत्र नम्बर १ का निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ फागुन २०८२, ०८ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कञ्चनपुरका तीनवटै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’
नवलपरासी पश्चिम १ बाट रास्वपाका विक्रम खनाल निर्वाचित, बिनोद चौधरी पराजित
रास्वपा सय सिटमा विजयी, अन्य दल कति ?
३४ स्थानमा रास्वपा विजयी
बागलुङ-२ मा रास्वपाका शर्मा विजयी
कैलाली १ मा रास्वपाकी कोमल ज्ञवाली विजयी