नवलपरासी । नवलपरासी पश्चिमको क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विक्रम खनाल निर्वाचित भएका छन्।
नेपाली कांग्रेसका विनोद कुमार चौधरीलाई ३५ हजार भन्दा धेरै मतान्तरले पराजित गर्दै खनाल निर्वाचित भएका हुन्। खनालले ४५ हजार २४१ मत पाउँदा चौधरीले ९ हजार ५०२ मत पाएका छन्।
लुम्बिनी प्रदेशमा कांग्रेसका महामन्त्रीसमेत रहिसकेका खनाल निर्वाचनको मुखमा कांग्रेस छाडेर रास्वपामा प्रवेश गरेका थिए।
यो क्षेत्रमा एमालेका रामप्रसाद पाण्डेयले ७ हजार ९५६, जसपाका हृययेश त्रिपाठीले ७ हजार ८३२ र राप्रपाका नवनित कुमार मिश्रले १ हजार ५९३, नेकपाकी सिन्धु जलेसा बुढाथोकीले १ हजार ५६ मत प्राप्त गरेकी छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ फागुन २०८२, ०७ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित
रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
रास्वपाको बागमती अधिवेशन: विद्युतीय मेसिनबाट मतदानको तयारी
रास्वपा गण्डकी सभापतिमा नवीन त्रिपाठी विजयी
रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी